तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणमा परी बुबा–छोरा घाइते

भद्रपुर, झापा । झापाको हल्दिबारीमा जङ्गली हात्तीको आक्रमणमा परी बाबुछोरा घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको आक्रमणमा परी हल्दिबारी गाउँपालिका–२ निवासी ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी घाइते भएका हुन् । 

प्रहरीका अनुसार हल्दिबारी–२ मा आज बिहान करिब साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा बुबा–छोरासँग हात्तीको जम्काभेट भएको थियो । सोही क्रममा हात्तीले खेदाएर उनीहरूमाथि आक्रमण गरेको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल दुवै जनाको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ । 

गए राति नै चारकोशे जलथल जङ्गलबाट निस्किएको चारवटा हात्तीले एउटा पसलमा समेत क्षति पुर्‍याएको स्थानीय बताउँछन् । पछिल्लो समयमा जलथल जङ्गल आसपासका स्थानीयवासी हात्तीको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button