क्रिकेट सिरिज : नेपालसामु केन्याले दियो १३१ रनको लक्ष्य

काठमाडौँ । केन्याले नेपाललाई जीतका लागि १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभर को खेलमा ८ विकेट गुमाएर १३० रन बनायो ।
केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए भने अर्का खेलाडी लुकास ओलुचले ३० रन जोडे ।
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३ विकेट , सन्दीप लामिछानेले २ विकेट र दीपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले १ /१ विकेट लिए ।
नेपाल र केन्याबीचको क्रिकेट सिरिज आजबाट केन्याको नैरोबीमा सुरु भएको हो ।
केन्यामा नेपालले ५ वटा टी–२० र तीन एक दिवसीय खेल खल्ने छ । नेपालका लागि यो सिरिज टी–२० वरीयता सुधार गर्नका लागि महत्त्वपूर्ण हुनेछ ।
नेपाल र केन्याबीचको खेल एक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्