तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा असोजदेखि वडाबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन हुने 

नेपालगञ्ज । बाँकेमा असोज पहिलो सातादेखि वडाबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन हुने भएको छ ।

नेपालगञ्जमा आयोजित राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तर्क्रिया तथा समन्वय बैठकमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले एउटा वडामा दुई वटा स्टेशन राखेर विवरण सङ्कलन गर्ने जानकारी दिनुभयो । 

महानिर्देशक भट्टराईका अनुसार अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको छ भने १२ वटा जिल्लामा चलिरहेको छ । 

विभागले चालू आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचय पत्र दिने रणनीति बनाएको छ । 

१६ वर्ष पुगेका नेपाली नागरिकको नागरिकता बनिसकेपछि राष्ट्रिय परिचय पत्र बनाइन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा डुब्लिकेसन नहुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button