तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्ग र कर्णाली करिडोर ३६ घण्टा बन्द हुने

जुम्ला  । पुलको भार क्षमता परीक्षणका लागि कर्णालीका दुई राजमार्ग अवरुद्ध हुने भएका छन् । 

निर्माण भएका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।

कर्णाली राजमार्ग अन्तर्गतको दैलेख आठबिस नगरपालिका–५ घट्टे खोला पुल र कर्णाली करिडोर अन्तर्गत कालिकोट नरहरिनाथ गाउँपालिका–८ स्थित कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि ३६÷३६ घण्टा कर्णाली राजमार्ग अवरुद्ध हुने भएको छ ।

जस अन्तर्गत राजमार्गको घट्टे खोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका बुधबार भदौ ८ गते बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द भएको  सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख विरेन्द्र रावलले बताउनुभयो । 

उहाँका अनुसार कालिकोट, दैलेख, जुम्ला र मुगु जिल्लामा सूचना जारी गरेर सडक अवरुद्ध बारे नागरिकलाई सूचित गराइएको छ । 

पुलहरूको अनिवार्य रुपमा लोड क्षमताको परीक्षण गर्नुपर्ने भएकोले सडक बन्द गर्नुपरेको हो । बुधबार बिहानदेखि कर्णाली राजमार्गस्थित घट्टे खोला पुलको भार परिक्षण हुने छ । 

त्यस्तै कर्णाली करिडोर अन्तर्गत कर्णाली नदीमाथि बनेको पुलकको लोड परीक्षणका लागि लागि आगामी भदौ ९ गते बिहीबार बिहान ६ बजेदेखि ३६ घण्टा राजमार्ग बन्द रहने सडक डिभिजन जुम्लाले जनाकारी दिएको छ । प्राविधिक रूपले पुलको भार क्षमता जाँच गर्नुपर्ने व्यवस्था छ । 

पक्की पुलको टेष्टिङको समयमा कर्णाली राजमार्ग र कर्णाली करिडोरको दुवै तर्फको आवतजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवतजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ । 

ठुला क्षमाताका सवारी गुड्न थालेपछि दुर्घटनाको जोखिम छ । निमित्त प्रमुख रावलले भन्नुभयो, “प्राविधिक दृष्टिले पनि पुलको भार जाँच्न जरुरी देखिएपछि छुट्टा छुट्टै समयमा ३६÷३६ घण्टा कर्णाली राजमार्ग र कर्णाली करिडोर बन्द गरेका हौँ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button