झापामा प्रतिबन्धित लागु औषधसहित तीन जना पक्राउ

भद्रपुर, झापा । झापामा मङ्गलवार प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले झापा हल्दिबारी ४ का ३५ वर्षीय जेमिल महमदलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ८२ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

सोधपुछका क्रममा उनले अन्य दुई जना पनि संलग्न रहेको बताएपछि भारतीय नागरिक जम्मेद आलम र विर्तामोड ५ का २५ वर्षीय अर्जुन राजवंशीलाई नगद ८९ हजार र एक थान स्कुटरसहित हल्दिबारीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्