तपाईँ सुन्दै हुनुहुन्छः

माटो जोगाउनु सबै नेपालीको दायित्व : मन्त्री राई

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउनु सबै नेपालीको दायित्व भएको बताउनुभएको छ ।

नेपालको माटो जोगाउन काठमाडौँबाट सुरु गरिएको ‘माटो जोगाऔँ अभियान’लाई नेपालगञ्जमा आज सम्बोधन गर्दै  मन्त्री राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको बताउनुभयो ।  

मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको भन्दै उहाँले माटोको संरक्षण र संवर्द्धन गर्न सबै नेपाली जागरूक हुनुपर्नेमा जोड दिनुभयो ।  यस्ता अभियानलाई सरकारको सम्बन्धित निकायले पनि सहयोग र समर्थन गर्दै आएको मन्त्री राईले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले माटो जोगाउने अभियान निकै राम्रो अभियान भएको बताउँदै यसबारेमा नागरिक मात्र नभई सरकार पनि जागरूक बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button