भालुको आक्रमणबाट एक जना गम्भीर घाइते
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा ४० बर्षीय गोपाल भुजेल घाइते भएको कार्यवाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिनुभयो ।
अनुहार, ढाड, तिघ्रा लगायतको भागमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
मकै तथा निगालोको टुसा खानको लागि गाउँ गाउँमा आउने भालुको आतङ्क बढेसँगै विद्यालय आउने बालबालिकाहरूलाई जोखिम बढेको कार्कीले बताउनुभयो ।
भालुको आक्रमणबाट वर्षेनि धेरै घाइते हुने गरेको र केहीको मृत्यु समेत भएको प्रहरीको तथ्याङ्क छ ।








प्रतिक्रिया राख्नुहोस्