तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमान्–श्रीमती मृत भेटिए

दोलखा । दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ आहलेमा श्रीमान् श्रीमती मृत भेटिएका छन् । 

आहलेका अन्दाजी ५६ वर्षीय हर्क बहादुर जिरेल आफ्नो एक तले घरको दलानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनको श्रीमती अन्दाजी ५२ वर्षीय कृष्ण कुमारी जिरेल भने घर भन्दा डेढ किलोमिटर टाढा बोक्से भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button