प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गर्नुभएको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गर्नुभएको जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्