सभामुखद्धारा नेता गिरिको स्वास्थ्यलाभको कामना
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।
सभामुख सापकोटाले ट्वीटमार्फत विहिबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहनुभएका उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्