तपाईँ सुन्दै हुनुहुन्छः

सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण निर्माण हुनुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको चौथो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी श्रमिक र सामाजिक सुरक्षाको पक्षमा सधैँ सकारात्मक रहेको बताउनुभयो ।

उहाँले आँफु दोस्रो पटक प्रधानमन्त्री भएको बेला अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै त्यतिबेला नै अस्थायी करार तथा ज्यालादारी कर्मचारीको सेवा सुविधा बढ्नुपर्छ भनेर पहल गरेको र त्यसमा अहिले पनि थप पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्‍यो भन्नु जायज माग भएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अस्थायी करार र ज्यालादारी कर्मचारीको महँगी भत्ता, स्वास्थ्य बिमा र योगदानमा आधारित  सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने माग अनुसार फाइल अर्थ मन्त्रालयमा पुगेको जानकारी दिँदै त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button