तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने संगम चोक नजिकै मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । 

प्रहरीका अनुसार पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ जाँदै गरेको भे१ज ४४९ नम्बरको म्याजिक भ्यान र भे११प २८०० नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परेर म्याजिक भ्यानका चालक बाँसगढी नगरपालिका–४ का रामबहादुर कुँवरको मृत्यु भएको छ । घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button