तपाईँ सुन्दै हुनुहुन्छः

अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना

नयाँ दिल्ली। भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउनु हुने भएको छ ।

उहाँले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा यो योजना सुनाउनु भएको हो ।

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष समेत रहनु भएका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रुपमा छलफल गर्ने तयारी गर्नु भएको जनाइएको छ ।

मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने उहाँको भनाई छ ।

सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेण्डा बनाएको थियो ।

आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button