५४ लाख बढीको सामानसहित ट्रक नियन्त्रणमा
वीरगञ्ज । पर्सा प्रहरीले आज वीरगञ्ज महानगरपालिका ६ माईस्थान चोकबाट अवैध रुपमा भन्सार छली भित्राइएको ५४ लाख बढीका विभिन्न सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ना.६ ख ४३४५ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बरामद गरेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको सामान तथा ट्रकको ५४ लाख ५ हजार ६ सय ३८ रुपैयाँ मूल्याङ्कन गरी थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी तथा प्रहरी प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्