तपाईँ सुन्दै हुनुहुन्छः

केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

नैरोवी। केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका प्रमुखले सोमबार राती उहाँ राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नु भएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिनुभयो । उहाँको यो भोट ५०.४९ भएको छ ।

उहाँसँग प्रतिष्पर्धामा उभिनु भएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गर्नु भएको । यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।

दुवै पक्षले प्राप्त गरेको मत अनुपात हेर्दा दुई जनाका बीचमा कडा प्रतिष्पर्धा भएको देखिएको छ ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताउनु भयो । उहाँले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।

“केन्याका जनताले देशको काम गर्ने जिम्मेवारी हामीलाई दिएका छन्, हामी इमान्दारिताका साथ त्यो जिम्मेवारी पुरा गर्नेछौँ,” उहाँले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button