तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता विधेयक फिर्ताको विरोधमा दोस्रो दिन राजमार्ग अवरुद्ध

बर्दिबास । पाँच दलीय गठबन्धनका स्थानीय नेता कार्यकर्ताले नागरिकता विधेयक फिर्ता गरेको भन्दै धनुषाको ढल्केवरस्थित पूर्वपश्चिम राजमार्ग दोस्रो दिन पनि अवरुद्ध गरेका छन् ।

यसअघि सोमवार नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राजमार्गमा आधा घण्टा चक्काजाम गरेका थिए । त्यसपछि ढल्केवरमै बसेको नागरिकताविहीन सहितको सर्वदलीय बैठकबाट सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गरिएको हो ।

सोही निर्णय अनुसार मङ्गलवार पनि राजमार्ग अवरुद्ध गरिएको नेपाली कांग्रेसका क्षेत्रिय सचिव बुधेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार बुधवार बजार क्षेत्रमा कालोपट्टि बाँधेर मार्चपास गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button