तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकामा १५ दिनदेखि लागेको तालाबन्दी खुल्यो

बारा । बाराको निजगढ नगरपालिकामा बिगत १५ दिनदेखि लाग्दै आएको तालाबन्दी खुलेको छ । । नगरपालिकामा पुनः सरुवा भएर आएका सुमन कार्कीको सरुवा मन्त्रालयमा भएपछि नगर प्रमुख सरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा लगाइएको ताला खोलेका हुन् ।

हिजोदेखि प्रमुख प्रशासकीय अधिकृत कक्षको ताला खोलेर डिजिटल हाजिरी शुरु गरेपछि आजदेखि नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा समेत लगाइएको तालाबन्दी कार्यपालिका सदस्यहरुले खोलिदिएका हुन् । नगरप्रमुख र उपप्रमुखको कक्षमा  तालाबन्दी गरेका वडाअध्यक्ष सूर्य घलानले हामीले माग गरे अनुसार प्रमुख प्रशासकीय अधिकृतको कक्षको तालाबन्दी खोल्ने र डिजिटल हाजिरी सुचारु लगायतको माग सम्बोधन भएकोले आजै सबै ताला खोलिएको बताउनुभयो । 

यस अघि दुई दिन अघि राप्रपाले तालाबन्दी खोल्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । मन्त्रालयले अर्को प्रशासकीय अधिकृत निजगढ नगरपालिकामा नपठाए पनि  प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई मन्त्रालय तानेपछि समस्या समाधानतर्फ अघि बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button