तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री भट्ट नेतृत्वको टोलीद्वारा भेटवार्ता 

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । 

प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको टोलीले प्रधानमन्त्री बालुवाटारमा आज भेटवार्ता गरेको हो । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवालाई प्रदेशको समग्र विषयमा अवगत गराउँदै छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले बताउनुभयो । 

प्रधानमन्त्री देउवासँगको भेटवार्तामा मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा सहभागी रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button