तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक :  सांसदहरूद्वारा  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा नेकपा एमालेका सांसदहरु योगेशकुमार भट्टराई, रामवीर मानन्धर, भूमि त्रिपाठी, मायादेवी न्यौपाने, निरुदेवी पाल लगायतले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न संसदीय समिति गठन गरी सिडोलबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी बैठकमा बलात्कार पीडित निहारिकालाई तत्काल न्याय दिनुपर्ने, आगामी मंसिर ४ मा हुने निर्वाचनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने, नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले रेडियो नेपालले मैथिली भोजपुरीलगायतका भाषामा केन्द्रीय प्रसारणबाटै समाचार तथा कार्यक्रम प्रसारण गर्नुपर्नेमा जोड पनि  दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button