क्षमतावान महिलालाई एमालेले अवसर दिन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले ३३ प्रतिशत महिलालाई पार्टीले निर्वाचनमा जिताउने सुनिश्चित गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले अहिलेसम्म नातावाद र कृपावादबाट आफु टाढा रहेकोले आफूले सबैलाई समान रूपले हेर्ने बताउनुभयो ।
उहाँले, सरकारले प्रविधि दिएर युवाहरूलाई नेपालमा नै कृषिको उत्पादनशील क्षेत्रमा रोजगारी दिनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्