तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका एक दर्जन पसल सिलबन्दी 

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाको संयुक्त अनुगमनका क्रममा  मार्तडीमा रहेको रोहित क्लिनिक मेडिकलसहित अन्य खुद्रा तथा कपडाका पसल सिलबन्दी गरिएका हुन्।

अनुगमनका क्रममा रोहित मेडिकल दर्ता  भएर भएपनि आवश्यक कागजात नभएपछि दर्ता प्रमाणसहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी सिलबन्दी गरिएको बडीमालिका नगरपालिकाकी उप प्रमुख तथा बजार अनुगम समिति संयोजक नन्दा कुमारी थापाले बताउनु भयो। यस्तै बजार अनुगमनका क्रममा खाद्य तथा कपडा व्यवसायीका ११ वटा पसल सिलबन्दी गरिएका छन् ।  व्यापारीले स्थायी लेखा नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले पसल सिलबन्दी गर्नुपरेको जिल्ला निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताउनु भएको  छ । 

उहाँका अनुसार बजारमा दैनिक खाद्यवस्तुको मूल्य वृद्धि,कालो बजारी लगायतका जनगुनासो आउन थालेपछि जरिवाना र कारबाही गर्ने गरी  बजार अनुगमन गरिएको हो।  बजार अनुगमनमा करिब ७० हजार बराबरको अखाद्य तथा अन्य म्याद गुज्रेका सामग्री बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।  बजार अनुगमनमा  म्याद गुज्रेका सामग्रीलाई जिल्ला प्रहरी कार्यालय बाजुराको सुरक्षामा राखिएको छ । 

बजारमा हुने चर्को मूल्यवृद्धि,कालोबजारी र व्यापारीले मूल्यसूँचि नराख्ने,स्थायी लेखा नम्बर देखिने गरी नराख्ने र ग्राहकलाई सामान किनेको विल अनिवार्य दिन अनुगमन टोलीले सुझाव दिएको छ ।बुधबार भएको बजार अनुगमनमा बडीमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा, बजार निरीक्षण अधिकृत लोकेन्द्र विष्ट लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button