धनुषामा बस दुर्घटना हुँदा २० जना घाइते

जनकपुरधाम । पूर्वपश्चिम लोक राजमार्गको धनुषा सडक खण्डको गणेशमान चारनाथ नगरपालिका वडा नंं १ विरेन्द्र बजारमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन ।
दुर्घटनामा घाइते भएकाहरूको स्थानीय क्लिनिकहरूमा भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
चालक निदाएका कारणले बस अनियन्त्रित भएर सडकमा नै पल्टिएको हुनु सक्ने प्रहरीले जनाएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको र बस तथा बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।








प्रतिक्रिया राख्नुहोस्