नौ बुँदे सुझावसहित मधेस प्रदेश औद्योगिक सम्मेलन सम्पन्न
वीरगञ्ज । मधेस प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न नौ बुँदे सुझावसहित सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसङ्घ, सीप परियोजना र युके एडको समन्वयमा मधेस प्रदेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि निजी क्षेत्रबाट सरकारलाई नौ बुँदे सुझाव दिएका छन् ।
व्यवसायीहरूले मधेस प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिँदै थप लगानीको वातावरण निर्माण गर्न उद्योग दर्ता, सञ्चालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं द्रुत गतिमा हुनुपर्ने र मधेस उद्योग व्यवस्थापन ऐन हुनुपर्नेमा जोड दिएका छन् ।
समापन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उद्योगीबाट आएको सुझावलाई प्रदेश सरकारले अक्षरशः पालन गर्ने र सङ्घीय सरकारसँग सम्बन्धित विषयका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्