तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना पक्राउ

जनकपुरधाम । धनुषामा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाको मिथिला विहारी नगरपालिका ६ तारापट्टी बस्ने अन्दाजी वर्ष २७ प्रवीण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार विशेष सूचनाको आधारमा प्रहरी टोलीले जनकपुरधाम उप–महानगरपालिका ५ देवान पोखरी स्थितमा ज.१० प. ३१३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवमाथि शङ्का लागेर चेकजाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उनको साथबाट प्रतिबन्धित लागू औषध नाईट्रोभेट ट्याबलेट ५ सय २५ पिस बरामद भएको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button