वैद्य प्रकाश मानव अधिकार पुरस्कारबाट दास सम्मानित
सप्तरी । मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउनुभएका सप्तरीको राजविराज नगरपालिका ५ का ७३ वर्षीय हित नारायण लाल दास वैद्य प्रकाश मानव अधिकार पुरस्कार २०७९ बाट पुरस्कृत हुनुभएको छ ।

वैद्य प्रकाश मानव अधिकार पुरस्कार कोषले राजविराजमा ३० औँ प्रकाश स्मृति दिवसका अवसरमा आयोजना गरेको एक समारोहबिच दासलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिकको हकअधिकार र जागरणका लागि योगदान पुर्याए बापत उहाँलाई ५ हजार १ सय रुपियाँ, सम्मान पत्र तथा दोसल्ला प्रदान गरियो ।
दासलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले कदरपत्र, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले दोसल्ला र कोषका अध्यक्ष वैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्