तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास नगरपालिकालाई भेन्टिलेटर प्रदान

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले करिब २६ लाख बराबरको आईसुयी भेन्टिलेटर उपकरण प्रदान गरेको छ ।

बर्दिबासमा भेन्टिलेटरको अभावमा सर्प दंशबाट गम्भीर घाइते भएकाहरूको उपचारमा समस्या भएपछि लामो समयदेखि भेन्टिलेटरबारे स्वास्थ्य विभागलाई महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले ध्यानाकर्षण गराउँदै आउनुभएको थियो ।

भेन्टिलेटरका लागि बर्दिबास नगरपालिकाका पूर्व मेयर विदुर कुमार कार्कीले गत वर्ष नै स्वास्थ्य विभागलाई पत्राचार गर्नुभएको थियो । स्वास्थ्य विभागले गत आर्थिक वर्षमा खरिद गरेको भेन्टिलेटर निवर्तमान मेयर प्रह्लाद कुमार क्षेत्रीको टिम काठमाडौँ पुगेर बुझेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button