कम्बोडियाका ग्रामीण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था
न्होमपेन । कम्बोडियाका ग्रामीण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था रहेको छ । यसअघि पाँच बर्ष पहिले भने ७० प्रतिशतलाई यस्तो सुविधा रहेकोमा अहिले १० प्रतिशत बढेर ८० प्रतिशत भएको हो ।
कम्बोडियोको ग्रामीण विकास मन्त्रालयका सचिव चूर्ण थेराभाटले २०० ओटा पानी वितरण प्रणाली निर्माण गरिएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा चार लाख ३३ हजार १४ ओटा शौचालय र ११ हजार १९८ ओटा हात धुने ठाउँ निर्माण गरिएको बताउनु भयो । यिनीहरू विशेष गरी सार्वजनिक विद्यालयमा बनाइएको पनि उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सचिव थेराभाटले भन्नुभयो, “सन् २०२५ सम्ममा हामीले ग्रामीण क्षेत्रका सबैलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने लक्ष्य राखिएको छ, त्यस तर्फ काम भइरहेको छ ।” चिनियाँ सहयोगमा ग्रामीण क्षेत्रमा शुद्ध खानेपानी पु¥याउने परियोजना सन् २०१७ को अन्त्यदेखि सुरु भएको हो । रासस÷सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्