तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा अविरल वर्षा, सचेत रहन आग्रह

कास्की ।गए राती देखि परेको अविरल वर्षाले कास्कीमा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पोखराको कास्कीमा भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button