तपाईँ सुन्दै हुनुहुन्छः

रानाथारु समुदायका महिलाहरू तीज मनाउँदै  

कञ्चनपुर ।  कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले आज आइतबार महत्त्वपूर्ण पर्व तीज मनाउँदै छन् । 

हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । 

असार शुक्ल पूर्णिमादेखि गाउँका सबै जना पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ खेल्ने र श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै रानाथारु समुदायका दिदीबहिनीहरू पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।

तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button