तपाईँ सुन्दै हुनुहुन्छः

जनभावनाअनुरूप काम गर्नुपर्छ: उपसभापति खड्का

गण्डकी । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरूप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उहाँले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button