झापामा एक वर्षमा आत्महत्या गर्नेको सङ्ख्या ३१४

भद्रपुर, झापा । झापामा आर्थिक वर्ष ०७८/०७९ को एक वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा–युवतीको सङ्ख्या धेरै छ । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।
यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
न्यूनीकरणका लागि विभिन्न किसिमका अभियान सञ्चालन हुँदा पनि आत्महत्या गर्नेको सङ्ख्या घट्न नसकेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्