बालिकालाई यौन दुराचार गर्ने वृद्ध पक्राउ

पाल्पा । पाल्पामा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका ६ बस्ने ६२ वर्षीय सोमान सिंह बलाल रहेको प्रहरीले जनाएको छ । स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुराचार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बालिकाको आफन्तको किटानी उजुरी दिएको आधारमा बलाललाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्