सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सो महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनहरूमा कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

उहाँले पदोन्नति सँगै प्राप्त भएको जिम्मेवारी अनुसारको कार्यसम्पादन आर्थिक अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुहुँदै सङ्गठनमा आबद्ध कर्मचारीहरूको बृत्तिविकास र उन्नतिको लागि सङ्गठनले हर सम्भव प्रयास गरिरहेको बताउनुभयो ।
गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानुन, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति गरिएको थियो ।













प्रतिक्रिया राख्नुहोस्