बागलुङमा प्लास्टिकको चामल भेटिएपछि परीक्षणका लागि नमुना पठाइयो

बागलुङ । बागलुङ बजारमा प्लास्टिक चामल भेटिएको आशङ्कापछि खाद्य गुण नियन्त्रणले परीक्षणका लागि चामलको नमुना लिएको छ ।
बागलुङ नगरपालिकामा रहेको एक सहकारीले वितरण गर्दै आएको चामल प्लाष्टिक भएको पाइएपछि परीक्षणका लागि खाद्य गुण नियन्त्रणको कार्यालयले नमुना लिएको हो ।
बागलुङ नगरपालिका–२ कमर्सीयल बहुउद्देश्यीय सहकारी संस्थाले बिक्री वितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाद्य गुण नियन्त्रण कार्यालय पोखराबाट टोली आएर चामलको नमुना लगेको छ ।
खाद्य गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र सञ्चारकर्मीको रोवरमा कमर्शीयल बहुउद्देश्यीय सहकारीमा भएको चामलको परीक्षणको लागि नमुना लिने काम भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बजारमा प्लास्टिकको चामल भेटिएको आशङ्कापछि चामलको नमुना लिएर प्रयोगशालाको ल्याबमा टेस्टको लागि काठमाडौँ पठाउने खाद्य गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक पूर्णकला थापाले बताउनुभयो ।
एक जना उपभोक्ताकोमा समस्या देखिएको हुँदा यसको गुणस्तर चेकजाँच गर्ने प्रक्रिया अगाडि बढाउने काममा सहयोग गरेको कमर्शीयल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हीरामणि शर्माले बताउनुभयो ।
खाना पकाउने क्रममा कम पानी भए नपाक्ने समस्या देखिएको भात बल जसरी उफ्रिएपछि चामल खरिद गरेको सहकारीमा जानकारी गराएको स्थानीय कवीन्द्र बोहोराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्