तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा सर्पले टोक्दा बालक को मृत्यु

सल्यान। सल्यानमा सर्पको टोक्दा एक बालकको मृत्यु भएको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ भँगेरी घर भई शारदा नगरपालिका वडा न. ६ बरला बस्दै आएका १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बस्नेतलाई हिजो राती १० बजे सर्पले टोकेको थियो। आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलङ्गामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजे तिर मृत्यु भएको जिल्ला अस्पताल खलङ्गामा कार्यरत हवल्दार लक्षीराम बिकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button