तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा देशभरका मेयरहरूको सम्मेलन हुने

कास्की। पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा महानगरका मेयरहरूको सम्मेलन आयोजना हुने भएको छ । ६ वटै महानगरका मेयरहरूले साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको हो ।

पोखरा साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताउनुभयो ।महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ शीर्षकमा प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा देशभरका ६ वटै महानगरका मेयरले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीका विषयमा अनुभव आदान– प्रदान गर्नेछन्। ऐन कानुन र कार्यान्वयनका चुनौती, महानगरका साझा सवाल, महानगरका पूर्वाधार विकास तथा सुशासन लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग अन्तरक्रिया गर्ने महानगरले जनाएको छ ।

सम्मेलनमा काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज गरी ६ वटा महानगरपालिकाको सहभागिता रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button