कृषि कार्यक्रमलाई निरन्तरता दिने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबीच रेडियो नेपालबाट प्रसारण हुने कृषि रेडियो कार्यक्रमलाई निरन्तरता दिने सम्झौता भएको छ।
सम्झौता अनुसार “कृषि कार्यक्रम” कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उत्पादन गर्ने र रेडियो नेपालको केन्द्रीय प्रसारणबाट दैनिक रुपमा साँझ ६ः४० देखि ६ः५५ सम्म प्रसारण गरिने छ। सोही कार्यक्रम भोलिपल्ट दिउँसो १ः०५ देखि १ः२० सम्म पुनः प्रसारण गरिने छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र केन्द्रका प्रमुख ईश्वरी प्रसाद पाण्डेले हस्ताक्षर गर्नुभयो।
त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले कृषि कार्यक्रम प्रसारणबाट ग्रामीण भेगदेखि सबै प्रकारका कृषक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी केन्द्रका प्रमुख पाण्डेले रेडियो नेपालसँग सहकार्य गरेर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्