तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा श्रीमतीको घाँटी रेटी हत्या गरि श्रीमानले पनि गरे आत्महत्या

चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान् ४३ वर्षका कृष्णप्रसाद आचार्यले घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति १० बजे घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमान् कृष्णप्रसाद आचार्यले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button