तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली भाषाकी लोकगायिका प्रिया उर्मिला झा स्मृति पुरस्कारबाट पुरस्कृत

सप्तरी । मैथिली भाषाकी लोकगायिका सप्तरीको तिरहुत गाउँपालिका–१ की मुनचुन देव प्रिया पुरस्कृत हुनुभएको छ ।

मधुश्रावणी पर्वका अवसरमा मैथिली महिला परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा आज आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट प्रिया पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत गायिका एवम् रेडियोकर्मी प्रियालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मानपत्र, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईले नगद पुरस्कार र पुरस्कारका संस्थापक झाले दोसल्ला ओढाउनुभयो । पुरस्कारको राशि २ हजार पाँच सय रुपियाँ रहेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले धर्म, संस्कार, संस्कृति र मातृभाषालाई जोगाउन महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले जीवनोपयोगी संस्कारलाई जीवित राख्दै समाजमा विद्यमान ढोँगी कुप्रथा, कुरीति, विकृति हटाउन महिलाहरू अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button