आज ३ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ । आज देशभर ३ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ हजार ८ सय ८८ नमूना परिक्षण गर्दा ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ भने संक्रमित ९५ जना निको भएका छन् ।
आज ७८ हजार २ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्