तपाईँ सुन्दै हुनुहुन्छः

दुई छिमेकी देशबीच सन्तुलन कायम गर्नुपर्ने अध्यक्ष नेपालको भनाई 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दुई ठुला छिमेकीहरूको बीच  सरकार र राजनीतिक दलले सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । 

पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौँमा आज आयोजित विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति विषयक कार्यक्रममा अध्यक्ष नेपालले विश्व परिस्थिति अहिले पनि जटिल रहेकोले  छिमेकी देशहरूको झगडामा नेपाललाई मुछ्ने काम नगर्न आग्रह गर्नुभयो । 

अध्यक्ष नेपालले नेपाली जनतालाई स्वाधीनता, देशप्रतिको प्रेम प्यारो भएको भन्नुहुँदै अहिलेसम्म नेपालीहरू कुनै पनि देशबाट उपनिवेश हुनु नपरेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button