तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

फाइल तस्बिर

मकवानपुर । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ । 

निर्वाचन अधिकृत प्रवीण हुमागाईँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको हाउ । 

७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९  रहेको निर्वाचन अधिकृत हुमागाईँले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । 

आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button