तपाईँ सुन्दै हुनुहुन्छः

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

रोम । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । 

प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । 

“राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त गर्नुभएको” गणतन्त्रको राष्ट्रपति कार्यालयका महासचिव उगो जाम्पेट्टीको विज्ञप्तिमा भनिएको छ । 

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री द्राघी नेतृत्वको सरकारले नै कामचलाउ सरकारका रूपमा शासन सञ्चालन गर्नेछ । रासस/सिह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button