तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात तथा मानव संसाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button