तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च  

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । 

प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँ मात्र खर्च गरेको हो । 

अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री  प्रकाश रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार, चालुतर्फ १२ अर्ब ३८ करोड ५४ लाख बजेट रहेकोमा ९ अर्ब १ करोड ६४ लाख मात्रै खर्च गर्दै ७१।७१ प्रतिशत खर्च गरेको छ । 

प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँमध्ये ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ । 

प्रदेशमा अझै दरबन्दी अनुसारको जनशक्ति नहुनु, कोरोना महामारी लगायतका कारण बजेट खर्च नभएको प्रदेश सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button