तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभरि थप४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

३ हजार ५ सय ६९ नमुनाको परिक्षण गर्दा ४ सय ३५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज  ५६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

पछिल्लो समय लगातार कोरोना संक्रमण बढ्दा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । 

आज २ हजार ५ सय ३७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button