ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा इनरुवामा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१क ८४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को१०प ३३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २७ बर्षीय श्याम सुन्दर यादवलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्