चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ
सुनसरी । जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

विभिन्न मितिमा विराटनगरको नोबेल अस्पतालको कम्पाउन्डभित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखिएका को.६प ६८०२ नम्बरको डिस्कभर मोटरसाइकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाइकल चोरी गर्ने विराटनगर ४ का २२ वर्षीय नवीन माझी, विराटनगर ८ का २५ वर्षीय मोहमद हजरत, दुहबी नगरपालिका ९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्