तपाईँ सुन्दै हुनुहुन्छः

‘आमा खम्बा’ पुरस्कार चार स्रष्टालाई

काठमाडौँ । यस वर्षको नेपाली साहित्यका ‘आमा खम्बा’ पुरस्कार माया ठकुरी, पदमावती सिंह, भगिरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्यसैगरी ‘युगल साहित्यिक साधक सम्मान’ साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा ‘सिद्धिश्वरमान मिलन मुक्ति सम्मान’ सुशीला प्रधानाङ्गलाई प्रदान गरिएको छ ।

कदर पत्रसहित पुरस्कार तथा सम्मानको राशि जनही १० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै ‘सिद्धिश्वरमान–चन्द्र विष्णु’ अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार शैलेन्द्रकुमार मानन्धर र ‘सिद्धिश्वरमान–महेश्वरमान सम्मान’ उत्कृष्ट प्राध्यापक प्रा डा गोविन्द नेपाललाई प्रदान गरिएको छ ।

अक्षलोक साहित्यिक केन्द्रद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले उहाँहरूलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button