कर्णाली प्रदेश सरकारबाट तीन पत्रकार पुरस्कृत हुँदै
कर्णाली । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीन पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि’–२०७९ बमोजिम ललित बुढा ९सुर्खेत०, चाँदनी कठायत (सुर्खेत) र सरिताकुमारी चलाउने(सल्यान)लाई पुरस्कृत गर्न लागिएको हो ।
मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत यही असार २३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उहाँहरूलाई पुरस्कृत गरिने भएको जानकारी दिनुभयो ।
जनही रु ५० हजार राशिको पुरस्कारका लागि मन्त्रालयले जेठ २१ गते खुला आवेदन माग गरेको थियो । पुरस्कार वितरण आगामी आर्थिक वर्षको कुनै राष्ट्रिय तथा प्रदेश स्तरको दिवसमा प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस








प्रतिक्रिया राख्नुहोस्